Logo

‘मंगलबारदेखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोकिने’



काठमाडौं, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आगामी मंगलबारदेखि सर्वोच्च अदालतमा गोलाप्रथाबाट सुनुवाईको पेशी तोक्ने प्रतिबद्धता जनाएका छन् । आज भएको नेपाल बार एशोसिएसनको पदाधिकारीसँगको छलफलमा प्रधानन्यायाधीश जबराले यस्तो सहमति जनाएका हुन् ।

यसअघि नै बारले तत्काल गोलाप्रथाबाट पेशी तोक्न सुझाव र दबाब दिएको थियो । तर, प्रधान्यायाधीश जबराले गोलाप्रथाबाट पेशी तोक्न आनाकानी गर्दै आएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जनाएका थिए ।

आज बारको पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश सकारात्मक सुनिएका थिए । भेटमा सहभागी नेपाल बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले यही कार्तिक ९ गते मंगलबारदेखि गोलाप्रथा र मङ्सिरबाट अटोमेसनमा जाने वचन दिएको जनाए । file photo



प्रतिक्रिया दिनुहोस्