Logo

ओलीलाई विश्वप्रकाश शर्माले फर्काए यस्तो जवाफ



काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तथ्यको हेक्का नराखी बोलेको भन्दै सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका छन् । अध्यक्ष ओलीले हिजोमात्रै कांग्रेसले ५ वर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने अभिव्यक्ति दिएका थिए । शर्माले भने आफूहरुको भन्दा २० महिना अघि नै एमालेको महाधिवेशन भएको भन्दै मितिसमेत सार्वजनिक गरेका छन् ।

शर्माले लेखेका छन्-“कांग्रेसले ५ बर्षभित्र महाधिवेशन गर्न सकेन भन्ने, कमरेड @kpsharmaoli  को आलोचना स्वीकार्य ! आलोचना गर्दा तथ्यको हेक्का नराख्नु भने लज्जास्पद l कांग्रेसको ०७२ फागुनमा महाधिवेशन हुनु भन्दा २० महिना अघि एमालेको ०७१ असारमा भएको थियो महाधिवेशन l कमरेड ! एक औंला यता बाँकी औँला त्यतै ! अधिवेशन आन्तरिक जीवनको बिशेष अध्याय अनि दलहरूको रुपान्तरण आजको समयको एक महत्त्वपूर्ण कार्यभार हो l परिवर्तन दल र राजनीति समग्रतामा जरुरी छ l दल व्यवस्थापनको नविन सुत्र र शैलि आलोचनाले होइन आत्मालोचनाले खोजौं l खराबीमा होइन रुपान्तरणमा प्रतिस्पर्धा गरौं l जय नेपाल !”



प्रतिक्रिया दिनुहोस्