Logo

नेपाल बार एशोसिएशनको पदाधिकारीको आकस्मिक बैठक सुरु



काठमाडौं, ७ कार्तिक । नेपाल बार एशोसिएशनका पदाधिकारीको आकस्मिक बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटअनुसार भोलि बस्ने भनिएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक अधिकांश न्यायाधीशहरुले बहिष्कार गर्ने भएपछि बारका पदाधिकारी अहिले छलफलमा जुटेका हुन् ।

बारका महासचिव लिलामणि पौडेलले आफूहरुको छलफल सुरु भएको पत्रकार ऋषि धमलालाई जानकारी दिए । उता, बारका पूर्व अध्यक्षहरुको छुट्टै बैठक पनि सुरु भएको छ । प्रधानन्यायाधीश जबराको बहिर्गमनको लागि आवाज उठेपछि न्यायिक क्षेत्रमा अहिले हलचल पैदा भएको छ ।

बारको पदाधिकारीसँग प्रधानन्यायाधीशले न्यायालय सुधारको लागि सार्वजनिक गरिएको प्रतिवेदन लागु गर्ने र आगामी मंगलबारदेखि गोलाप्रथाअनुसार पेशी तोक्नेसमेत सहमति जनाएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot