Logo

अफगानिस्तानमा सैन्य कारबाही गर्न अमेरिकाले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्ने



एजेन्सी, ८ कात्तिक । अमेरिकाले अफगानिस्तानमा पुनः सैन्य कारबाहीका लागि पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्ने सम्झौता भएको जनाइएको छ। अफगानिस्तानवाट सेना निकासी गर्नुअघि अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले उक्त सम्झौता गरेको एक रिपोर्टले खुलासा गरेको हो।

उक्त सम्झौता पछिअमेरिकाले आतंकवादविरुद्ध पुनः अफगानिस्तानमा सैन्य कारबाही गर्ने बुझिएको छ।

‘अफगानिस्तानमा सक्रिय आतंकवादविरुद्ध सैन्य कारबाही गर्न पाकिस्तानले सम्झौता पत्र (एमओयु)मा अमेरिकासँग हस्ताक्षर गर्न चाहेको छ। सो सम्झौतापछि अमेरिकाले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्नेछ’, सीएनएनले रिपोर्ट स्रोतलाई उद्धृत गर्दै भनेको छ। तर, उक्त सम्झौता अनिश्चित रहेको समेत सीएनएनले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot