Logo

मोदीले पोप फ्रान्सिसलाई भेट्दै



एजेन्सी, ८ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्याथोलिक चर्चका पादरी पोप फ्रान्सिसलाई भेट्ने भएका छन्। उनले रोममा आयोजित दुई दिने जी–२० सम्मेलनअघि पोपलाई भेट्ने भएका हुन्।

जी–२० सम्मेलनका लागि रोम भ्रमणको यात्रा तय गरेका प्रधानमन्त्री मोदीले रोम पुग्नुअघि भ्याटिकन सिटीस्थित ८४ वर्षीय चर्चका पादरी पोपलाई भेट्ने योजना बनाएको सञ्चारमाध्यमहरुमा खबर छ।

जी–२० सम्मेलन यही अक्टोबर ३० र ३१ मा आयोजना गरिएको छ। उनले अक्टोबर २९ मा पोप फ्रान्सिसलाई भेट्ने योजना बनाएको बताइएको छ। जी–२० सम्मेलन तालिवान शासन रहेको अफगानिस्तानमा शान्ति र स्थायित्व कायम गर्नेबारे केन्द्रित रहने बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्