Logo

काँग्रेस नेतृ लामाको निधन



काठमाडौं, ८ कार्तिक । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष एवं काँग्रेस जिल्ला कार्यसमितिकी सदस्य मिरा अधिकारी लामाको निधन भएको छ ।
५१ वर्षीया लामाको स्वास्थ्यमा समस्या आएपछि उनी काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी थिईन् ।

उपचारकै क्रममा ६ गते शनिवार बिहान उनको मृत्यु भएको हो । उनी गत स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारविरुद्ध पाँच हजार एक सय ९१ मत ल्याई उपाध्यक्षमा निर्वाचित भएकी थिईन् । सिन्धु काँग्रेसका सभापति विकास लामाकी धर्मपत्नी उनका तीन छोरी छन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले लामाको पार्थिव शरीरमा नेपाली काँग्रेसको चारतारे झण्डा तथा नेपालको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सो अवसरमा नेपाली काँग्रेस केन्द्रीय सदस्य, पूर्व मन्त्री खेलकुद विभागप्रमुख, बाढीपहिरो विपत् व्यवस्थापन समन्वय समितिका संयोजक मोहनबहादुर बस्नेत, सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ का प्रदेश सांसद तथा काँग्रेस नेता निमा लामा, इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङ, २ नम्बर क्षेत्रीय सभापति आइतमान तामाङलगायत जिल्लाका शीर्ष नेता/कार्यकर्ताहरुले पनि उनलाई अन्तिम श्रद्धान्जलि दिएका थिए ।

यसैबीच काँग्रेस सभापति शेरबहादुर देउवाले लामाको निधनमा शोक व्यक्त गर्दै काँग्रेसको संगठनलाई बलियो बनाउन उनले पु¥याएको उच्च योगदानको स्मरण गरेको दलका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, सभामुख तथा सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटाले पनि उहाँको निधनमा हार्दिक श्रद्धान्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्