Logo

चुनावका लागि निर्वाचन आयोग तयारी अवस्थामा



काठमाडौं, ८ कात्तिक । निर्वाचन आयोगले चुनावका लागि आफूलाई तयारी अवस्थामा राखेको छ । स्थानीय तह, प्रदेश र संघीय संसदको आगामी वर्ष चुनाव हुनैपर्ने भएकाले आयोग तयारी अवस्थामा बसेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर आयोगका पदाधिकारीले चुनावबारे परामर्श गरेका छन् । उनीहरुले जेठमा स्थानीय निकायको कार्यकाल सकिने, मंसिरमा प्रदेश र संघीय संसदको कार्यकाल सकिनेबारे जानकारी पनि गराएका छन् ।

स्थानीय निकायको चुनावका लागि केही महिना पहिल्यै सरकारले मिति तोकेर घोषणा गर्नुपर्ने बारे समेत आयोगका पदाधिकारलिे जानकारी गराएको बुझिएको छ । आयोगका अध्यक्ष दिनेशकुमार थपलियाले आयोग चुनावका लागि पूर्वतयारीमा लागेको बताएका थिए ।

यसैगरी, राष्ट्रियसभाको २० सांसद पद रिक्त हुनलागेको जानकारी समेत आयोगले प्रधानमन्त्रीलाई जानकारी गराएको छ । ४ वर्षे कार्यकाल रहेकाहरुको पदावधि सकिन लागेकाले चुनावको मितिको सिफारिश समेत गरेको बुझिएको छ । मन्त्रिपरिषदले चुनावको मिति घोषणा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्