Logo

३ बुंदे सहमति कार्यान्वयन बारे छलफल, विप्लवका कार्यकर्ता रिहाइ गर्न सरकार तयार



काठमाडौं, ८ कात्तिक । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको सहमति कार्यान्वयन गर्र्न सम्बन्धमा आज छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा भएको ३ बुंदे सहमति कार्यान्वयन गर्ने विषयमा आज छलफल भएको हो ।

छलफलपछि तथ्यांक संकलन गरी भेरीफाई गर्ने र कानुन सम्मत विभिन्न घटनामा पक्राउ परेका पार्टीका कार्यकर्ता (बन्दी)हरुलाई रिहाई गर्ने तथा उनीहरुको मुद्दा फिर्तालाई अगाडी बढाउनमा दुर्वपक्ष सहमत भएको जनाइएको छ ।

छलफलमा सरकारको तर्फबाट गृहमन्त्री खाड, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुु र महान्यायाधिवक्ता खम्मबहादुर खाती तथा नेकपाको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot