Logo

प्रधानन्यायाधीश जबराले भने : मेरो जीवनमा राजीनामा भन्ने शब्द छैन, चूनौति सामना गर्छु



काठमाडौं, ८ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने भएका छन् । पूर्व प्रधानन्यायाधीशहरु, नेपाल बार एशोसिएसनलगायत कानून व्यवसायीहरुले राजीनामा मागिरहेको अवस्थामा प्रधानन्यायाधीश जबराले भने कुनैपनि हालतमा राजीनामा नदिने बताएका हुन् ।

उनीसँग छलफलमा जुटेका परिवारका एक सदस्यले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् । प्रधानन्यायाधीश जबराको भनाई उद्धृत गर्दै ती आफन्तले भने-“मेरो जीवनामा राजीनामा भन्ने शब्द हुँदैन, म फेश गर्छु । मलाई लगाएको आरोप संवैधानिक रुपमा पुष्टि गरुन । म हचुवाको भरमा राजीनामा त दिन्नँ । म चूनौति दिन्छु कि ममाथि लगाएका आरोप संवैधानिक रुपमा पुष्टि गरुन, म कसैले राजीनामा माग्दैमा दिनेवाला छैन, बरु जस्तोसुकै चूनौतिको पनि सामना गर्छु ।”

पछिल्लो समय प्रधानन्यायाधीश जबराले हरेक नियुक्तीमा कार्यपालिकासँग भाग खोजेको भन्ने आरोप लागेको छ । मन्त्रिमण्डलमा समेत भाग खोजेर आफ्ना जेठान पर्ने गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाईएको चर्चा थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हमालले दुई दिन नबित्दै पदबाट राजीनामा दिएका थिए । file photo



प्रतिक्रिया दिनुहोस्