Logo

चीनद्वारा पाकिस्तानको दासु ड्याममा मारिएकाहरुका लागि ४ अर्ब क्षतिपूर्ति माग



एजेन्सी, ९ कात्तिक । चीनले पाकिस्तानको दासु ड्याम परियोजनामा मृत्यु भएका कामदारहरुको क्षतिपूर्ति मागेको छ । उसले ३ करोड ८० लाख डलर अर्थात् ४ अर्ब नेपाली रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरेको हो । चीनले उक्त परियोजनाका मृत्यु भएका इन्जिनियरहरुको क्षतिपूर्तिका लागि उक्त रकम माग गरेको हो।

मुस्ताक गुममानले बिजनेस रेकर्डरमा लेख्दै चीनले दासु जलविद्युत परियोजनामा स्थगित काम सुरु हुनुअगावै उक्त रकम उपलब्ध गराउनुपर्ने चीनको अडान भएको उल्लेख गरेका छन्। सन् २०२१ को जुलाई १४ मा भएको विस्फोटमा ९ जना चिनियाँ इन्जिनियर, दुई स्थानीय र दुई जना सुरक्षाकर्मीको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढीक घाइते भएका थिए।

पाकिस्तानका जलस्रोत सचिव साहजेब खान बंगासले जुलाईमा भएको उक्त विस्फोटपछि जलविद्ययुत परियोजना निमार्णको काम स्थगित भएको छ। चिनियाँ नागरिकलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा पाकिस्तानमा छलफल चलेको छ ।

पाकिस्तानको विदेश मन्त्रालय, वित्त मन्त्रालय, गृह मन्त्रालय, जलस्रोत मन्त्रालय र इस्लामावादस्थित चिनियाँ दूतावासले क्षतिपूर्तिका विषयमा गम्भीर छलफल भएको र परियोजनाको काम अघि बढाउने विषयमा सहमति जुटाउने प्रयास गरिरहेको बताइएको छ।

क्षतिपूर्तिका विषयमा थप छलफल गरेर क्षतिपूर्ति दिने विषय टुंग्याउनका लागि उपसमिति गठन गरिएकोसमेत बताइएको छ। जलस्रोत मन्त्रालयको स्रोतलाई उदृत गर्दै समाचार एजेन्सीहरुले आगामी दुई सातामा क्षतिपूर्तिको विषय समाधान भइसक्ने दाबी गरिहएको छ।

दासु परियोजनामा विस्फोट भएपछि ठेक्का पाएको गेजुबा ग्रुप कर्पले काम स्थगित गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot