Logo

आजदेखि लाइसेन्सको फारम खुल्यो



काठमाडौं, ९ कात्तिक । कोभिड–१९को कारण बैशाखदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन आजबाट खुलेको छ। लामो समय बन्द भएको लाइसेन्सको आवेदन यातायात व्यवस्था विभागले अनलाइनमार्फत दिन सकिने व्यवस्था मिलाएको हो ।

फारम भर्नलाई विभागको वेबसाइटमा जानुपर्छ । ५ लाख बढीले आवेदनको लागि अनलाइन फारम भरेका थिए । उनीहरुको पनि लिखित परीक्षा हाल चलिरहेको छ । विभागको अनुसार चौतर्फी दबाब आएसँगै नयाँ आवेदन खुलाइएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot