Logo

नेपाल बंगालदेश बैंकको साधारणसभा मंसिर २ गते, बुक क्लोज कहिले ?



काठमाडौं, १० कात्तिक । नेपाल बंगलादेश बैंकले २७औ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले मंसिर २ गते बैंकले केन्द्रिय कार्यालयमा अनलाइन माध्यमबाट साधारणसभा गर्ने भएको हो ।

बैंकको अनुसार बंगलादेशको आईएफआईसी बैंक बाहिरिए सँगै बैंकले सर्वसाधारण समुहबाट तीन जना र संस्थापक समुहबाट तीन जना सहित ६ सञ्चालकको निर्वाचन गर्ने भएको छ ।

आईएफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सहित अहिले प्रस्तावित बोनश शेयर पनि बिक्री गरेर जादैछ ।

सभाले चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर पारित गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । बैंकले एकमुष्ठ रुपमा ४ करोड १२ लाख ४६ हजार कित्ता शेयर बिक्री गरेर बाहिरिनेछ । त्यस्तै, सभाले बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ३.५० प्रतिशत नगद लाभांश पनि पारित गर्ने छ ।

कार्तिक १४ गतेसम्म कायम शेयरधनीहरुले बैंकको सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले कार्तिक १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot