Logo

घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, १० कात्तिक । नेपाली बजारमा केहि दिनदेखि निरन्तर बृद्धि भएको सुनको मूल्यमा आज गिरावट आएको छ । हिजो सुनको मुल्य प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ६ सयले घटेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मुल्य ९१ हजार ५ सय रहेको छ ।

यसैगरी, आज चाँदीको मुल्य पनि १५ रुपैयाँले घटेको छ । चाँदीको मुल्य हिजो प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot