Logo

टी–ट्वान्टी वरीयतामा नेपालको स्थान यथावत



काठमाडौं, १० कात्तिक । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।

टी–ट्वान्टी वरियताको १४ औं स्थानमा रहेको नेपाल अहिले पनि सोही ठाँउमा यथावत रहेको छ । वरियतामा इंग्ल्यान्ड २९ खेलमा ८ हजार ७४ पोइन्ट सहित शीर्ष स्थानमा रहेको छ ।

यस्तै, भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहका छन् । साथै, न्युजिल्याण्ड चौथो स्थानमा रहेको छ भने दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot