Logo

पाकिस्तानी खुफिया एजेन्सी आइएसआइ प्रमुखमा अन्जुमलाई नियुक्त गर्न इमरान वाध्य



एजेन्सी, १० कात्तिक । पाकिस्तानको खुफिया एजेन्सी आइएसआईको प्रमुखमा जनरल नदिम अन्जुम नियुक्त भएका छन् । पाकिस्तानको सेनाले ६ अक्टोबरमा उनलाई आइएसआई प्रमुखका रुपमा घोषणा गरेको थियो । तर, सरकारले औपचारिक रुपमा निर्णय गर्न ढिलाई गर्यो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइएसआई प्रमुख नियुक्तिमा सरकारसँग परामर्श नगरेकोमा असन्तुष्टि जनाएका थिए । त्यसकारण नियुक्तिको औपचारिक निर्णयमा तीन हप्ता अड्काइदिएका थिए । सरकारलाई बेवास्ता गरेकोमा उनको असन्तुष्टि थियो । जसका कारण आइएसए प्रमुख अन्जुमको नाम अनुमोदनमा समय लगाइदिए ।

पाकिस्तानको सेनाले प्रधानमन्त्री खानमाथि निकै दबाब बनाएको थियो । जसका कारण उनी अन्जुमको नाम अनुमोदन गर्न वाध्य भए । सेना प्रमुख जनरल कमर जावेद वाजवाले मङ्गलबार नै प्रधानमन्त्री खानसँग भेट गरेका थिए । भेटपछि नै अन्जुमको नाम अनुमोदन भएको थियो ।

पाकिस्तानमा सेना निकै प्रभावशाली छ । त्यहाँको राजनीतिमा सेनाको प्रभाव बढी छ । बेला बेलामा सैनिक कू समेत हुने गरेको छ । सेनाबाट नै खुफिया एजेन्सी आइएसआईका प्रमुख छानिन्छन् । पाकिस्तानको खुफिया एजेन्सी आइएसआई विश्वकै प्रभावशाली मध्येको मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot