Logo

आज यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, १० कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दिनभरमा २२८ कम्पनीको ७५ हजार ६१२ पटक कारोबार भएर ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँ बराबरको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज सबैभन्दा धेरै नविल बैंकको ४३ करोड १९ लाख बढीको कारोबार भएको छ । त्यस्तै, आइसीएफसी फाइनान्स कम्पनीको २० करोड ९२ लाख बढीको शेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार एनआइसी एशिया बैंकको १९ करोड ६१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । यसैगरी, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको १७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot