Logo

वन मुद्दाका फरार प्रतिवादी पक्राउ



तनहुँ, १० कात्तिक । वन मुद्दाका फरार प्रतिवादी एकजना पक्राउ परेका छन् । वन मुद्दाका फरार प्रतिवादी भिमाद नगरपालिका–१ बस्ने ६५ वर्षीय गञ्ज सिङ सोती थापा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत तनहुँको २०७५ चैत १२ गतेको फैसलाले वन मुद्दामा २ महिना ५ दिन कैद सजाय र २ लाख ३३ हजार रुपैयाँ जरिवाना ठहर भई विगत ३ वर्षदेखि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत तनहुँमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot