Logo

अलमुताइरी नेपाल फर्किने निश्चित, एन्फासँग तीन वर्षको सम्झौता



काठमाडौं, १० कात्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग तीन वर्षको सम्झौता गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँगको छलफलपछि आफूले थप तीन वर्षका लागि नयाँ सम्झौता गरेको भन्दै समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।

उनले आफुलाई फेरी पनि नेपाल जाने सम्भव बनाइदिएको भन्दै कतार फुटबल एशोसिएसनलाई धन्यवाद समेत दिएका छन् । अलमुताइरी साफ च्याम्पियनसिप पछि नेपाल फर्किएका छैनन् । पटकपटक विवादमा आइरहेका उनले आफुले राजिनामा दिने बताउदै आएका थिए ।
उनले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गराएका थिए ।

फाइनलपछि उनले दुई साता आराम गर्ने र एन्फाले चाहेमा नेपाल फर्कने प्रतिक्रिया दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot