Logo

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर आजदेखि लिलामीमा



काठमाडौं, ११ कात्तिक । मञ्जुश्री फाइनान्स लिमिटेडले आजदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान शेयरधनीहरुमा विक्रिमा ल्याइएका संस्थापक शेयर ९२ हजार १६६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता शेयर २५० रुपैयाँ निर्धाण गरेर कात्तिक १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको जनाएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोहि व्यक्ति तथा संस्थाहरुले तोकिएको मूल्य वा सो मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ ।

यस अघि यो शेयर खरिदका लागि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र प्राथमिकतामा राखेर विक्रीको लागि ३५ दिने सुचना जारी गरेकोमा विक्रि नभएका उत्त m शेयर लिलामीमा ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस्