Logo

चीनमा गगनचुम्बी भवन बनाउन प्रतिबन्ध



एजेन्सी, ११ कात्तिक । चीनका साना सहरहरुमा गगनचुम्बी भवनहरु बनाउन प्रतिबन्ध लगाइएको छ । ३० लाखभन्दा कम जनसंख्या भएका सहरहरुमा यस्तो प्रतिबन्ध लगाइएको हो ।

साना सहरहरुमा १५० मिटरभन्दा अग्ला भवन बनाउन पाइनेछैन । यसको अर्थ साना सहरहरुमा ५० तल्लाभन्दा अग्ला भवन बनाउन निषेध गरिएको छ ।

३० लाखभन्दा बढी जनसंख्या भएपनि २५० मिटरभन्दा अग्ला भवन बनाउन प्रतिबन्ध लगाइएको छ । चीनमा ५०० मिटरभन्दा अग्ला भवन बनाउन विगतमै बन्देज लगाइएको थियो ।

चीनमा पछिल्लो समय गगनचुम्बी भवन बनाउने प्रतिष्पर्धा नै चलेको छ । त्यहाँ ६३२ मिटर अग्लो सांघाई टावर र ५९९ मिटर अग्लो पिङ आन फिनान्स सेन्टर पनि छ ।



प्रतिक्रिया दिनुहोस्