काठमाडौं, ११ कार्तिक । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले उठेर नाराबाजी सुरु गरेका छन् । एमालेका सांसदहरुले यसअघिदेखि अघि सारेका मागहरु पूरा हुनुपर्ने माग राख्दै आएका छन् । उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाको आलोचनासमेत गरेका छन् ।