विपिन देव: क्वाड अर्थात् जापान अमेरिका अष्ट्रेलिया र भारतको साझेदारी मञ्च । क्वाड हिन्दमहासागरीय क्षेत्रमा केन्द्रित देखिन्छ । क्वाडले विभिन्न किसिमको सन्धी र समझौता गरेर आप्mनो साझा रणनीति बढाइसकेको छ । संयुक्त सैनिक अभ्यास समेत गरिसकेको छ । चीनको फैलदो वर्चस्व र दबदबालाई सन्तुलन र निष्तेज गर्न अमेरिकी राष्ट्रपति जोय वाइडेनले दीर्घकालीन सोचका साथ यसलाई बढाउन मुख्य भूमिका खेलिरहेको देखिन्छ ।
हिन्दमहासागरीय क्षेत्रबाहेक पश्चिम एसियामा समेत अमेरिकी सामरिक पहु‘चलाई घनिभूत बनाउन एउटा नयॉ समीकरण र गठबन्धनको जन्म भएको छ । अर्थात पश्चिम एसियालाई केन्द्र बनाएर निर्माण भएको गठबन्धनलाई छापाखानाहरूले दोस्रो क्वाडको संज्ञा दिएका छन् । यी गठबन्धनमा अमेरिका भारत, यु.ए.ई र इजराईल सहभागी र सहयात्री छन् । नयॉ क्वाडलाई कार्यरुप दिन भारतका परराष्ट्रमन्त्री डा. एस जयशंकरले अक्टुवर १७ देखि अक्टुवर २१ सम्म इजरायलमा बसेर आवश्यक गृहकार्य र तयारी गरेका थिए । अमेरिका, यु.ए.ई इजरायल र भारतको यस गठवन्धनले विश्व राजनीति र कुटनीतिलाई कसरी प्रभावित गर्छ भन्ने आपैmमा एउटा मुख्य प्रश्न हो ।
अमेरिकाले पश्चिम एसियालाई केन्द्रविन्दुमा राखेर नयॉ समीकरण बनाउन पछाडी के कस्तो सामरिक उद्देश्य होला भन्ने कुटनीति र सामरिक जानकारकारहरूको लागि यक्ष प्रश्न हो । इजरायल र अमेरिकाबीच निकै नजिकको सम्बन्ध भएता पनि इजरायलका तत्कालीन प्रधानमन्त्री नेतन्याहुले आप्mनो सामरिक नीतिमा कोल्टो फेरेका थिए । अर्थात् व्यापारिक र सामरिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण हाइफा बन्दरगाहको केही जलासय चिनियाँ कम्पनीलाई विक्री गरेको थियो । हाइफा बन्दरगाह नजिकै अमेरिकी सैनीक अखडा (सिकस फिलिट) भएकोले अमेरिकाले इजरायलको निमार्णमा आपत्ति व्यक्त गरेको थियो । तर इजरायले आप्mनो नीतिमा परिर्वतन गर्न खोजेन । साथ साथै चीन यु.ए.ई.को सबैभन्दा ठुलो व्यापारिक साझेदार भएकोले चिनियाँ कम्पनी र यु.ए.ई कम्पनी विच व्यापरिक समवन्ध तिव्र रुपले बढिरहेको अवस्था छ ।
कोरनाको कहरमा चीनिया भ्याक्सिनको उत्पादन चीन र यु.अ.ई.को संयुक्त लगानीमा दुबईमा पनि भएको थियो । अमेरिकी खोप फाइजर पुग्नु भन्दा पहिले यु.ए.ई.ले चिनियाँ खोपको प्रचूर मात्रामा प्रयोग गरेको थियो । अर्थात् चीनको समवन्ध इजरायल र य्.ए.ई.मा बढ्ने वित्तिकै अमेरिकी प्रभाव खाडी क्षेत्रमा कमजोर हुने अमेरिकीहरूको वुझाई रहेको छ । इजरायल र यु.एई.को आर्थीक विकासमा अमेरिकाले अभिभावकीय भूमिका खेलेको देखिन्छ । यु.ए.ई.को राजघरानाहरूको अमेरिकासंग न्यानो सम्बन्ध रहिआएको छ भने इजरायललाई इस्लामिक राष्ट्रहरूले अमेरिकाको मनसपूत्र नै भन्ने गर्दछ ।
यही बदलिदो परिवेशमा यु.ए.ई. र इजरायललाई आफ्नो
पकड र प्रभावमा ल्याउन अमेरिकाको सक्रियता र नेतृत्वमा मेडिटेरियन क्षेत्रलाई लक्षित गर्दै नयॉ क्वाडको जन्म भएको छ । हुनतः नयॉ क्वाडको जन्म भन्दा पहिले अमेरिकाले लामो गृह कार्य गरेको देखिन्छ । ईजरायल र यु.एई.ई विच कुटनीतिक समवन्ध स्थापना गराउन ट्रम्प प्रशासनको योगदान सराहनीय रहेको देखिन्छ । इजरायलको पहिचानलाई विधिवत रुपमा बहराइन र सुडानले स्वीकार गरेको थियो । इजरायल आकारमा सानो भएता पनि सैनिक र सामरिक क्षमताले अब्बल भएकाले गर्दा खाडीका हरेक शक्तिशाली मुलुकहरूलाई समय समयमा पाठ सिकाएको कुरा इतिहासले देखाएको छ ।
अमेरिकी प्रशासनले इजरायलको पहिचान र भौगोलिक वनौटलाई स्थापित गर्न इजरायल र खाडीमूलुकहरु विच सघन सम्बन्ध वनाउन लामो कसरत गरिरहेको देखिन्छ । यही प्रारुपमा “इवहारय र्कोड” अन्र्तगत इजरायल र खाडी मूलुकहरू विच सन्धी र सम्झौताहरू भइरहेको देखिन्छ । इजरायलीहरू भावानात्मक रुपले हिन्दूहरूलाई अधिक आदर गर्दछन् । संसारमा यहुदीहरूमाथि अत्याचार भइरहेको वेला भारतले यहुदीहरूलाई आदर र प्रेमभाव सहित स्वागत गरेको इतिहासलाई यहुदीहरूले सदैव उच्च मूल्यकंन गरेको छ । सन् १९६२ मा भारत र चीनबीच युद्ध हुदॉ हातहतियारको लागि नेहरुले इजरायसंग अनुरोध गरेका थिए । इजरायललाई भारतले कुटनीतिक सर्मथन दिएता पनि मूश्लिम समूदायको भावना र खाडी मूलुकहरूसंगको व्यापारिक समबन्धले गर्दा पूर्ण रुपले कुटनीतिक सम्बन्ध स्थापना गरेका थिएनन् । सन् १९९२ मा भारतीय राजनीतिका चाणक्य नरसिंहा रावले यासर इराफातको दिल्लीमा उपस्थितिको समयमा नै इजरायलसंग पूर्ण कुटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।
अर्को शब्दमा भन्ने हो भने इजरायले भारतले हरेक युद्धमा इजरायलको प्रविधि प्रयोग गरेको इतिहास छ । इजरायल “पानी प्रविधि”मा संसारमा सबभन्दा अगाडि रहेको देखिन्छ । भारतको समवन्ध यु.ए.ई र इजरायलसंग सुमधुर रहेको छ । चीन पछि यु.ए.ई.को सबभन्दा ठुलो व्यापारिक साझेदार भारत नै रहेको छ । अर्थात् यो नयॉ गठवन्धनमा अमेरिकाले भारतको भूमिकालाई उच्च मूल्याकंन गर्दै मेडिटेरियन क्षेत्रमा नयॉ गठबन्धनको लागि दोस्रो क्वाडको संचारना गरेको देखिन्छ ।
अमेरिकी सामरिक क्षमता, इजरायलको प्रविधि, यु.ए.ई.को पू‘जी र भारतको जनशक्तिले गर्दा नयॉ क्वाडको भूमिकालाई नजर अन्दाज गर्न सकिदैन । आउने दिनमा नयॉ क्वाडले आफ्नो सामरिक नीति र साझा संकल्प कसरी अगाडी बढाउने छ भन्ने कुरा भविष्यको गर्भमा छ । इजरायल, भारत, यु.ए.ई र अमेरिकाको गठवन्धको पराकम्पनले चीन, पाकिस्तान, अफगानीस्तान र इरानले पनि क्वाड जस्तै गठवन्धन बनाएको खण्डमा मेडिटेरियन क्षेत्रमा तनाव वढ्ने आशंकालाई न्यूनीकरण गर्न सकिदैन । आखिर जे भएता पनि अमेरिकाको नेतृत्वमा भइरहेको रहेक समीकरण र गठबन्धनले चीनको दबदबा र आक्रमक शैलीलाई निष्तेज गर्न नियोजित रहेको देखिन्छ ।