Logo

प्रधानन्यायाधीश जबराको दाबी : अदालतमा कुनैपनि मानेमा भ्रष्टाचार छैन् (भिडिओसहित)



काठमाडौं, ११ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमा कुनैपनि मानेमा भ्रष्टाचार र अनियमितता नभएको दाबी गरेका छन् । अदालतमा भ्रष्टाचार छ भनेर गलत आरोप लगाईएको पनि उनको टिप्पणी छ । उनले भने-‘म भन्छु अदालतमा भ्रष्टाचार छैन् ।’

त्यस्तै, उनले आफूविरुद्ध महाभियोग आउँछ भनेर आफूले कल्पना पनि नगरेको बताएका छन् । उनले आफ्नो नेतृत्वमा न्यायापालिका स्वतन्त्र र निश्पक्ष रुपमा चलेको स्पष्ट पारेका छन् । उनले आफूले सोचेजस्तो गर्न अझै बाँकी रहेको पनि सुनाए । अहिले राति ९ः०० बजे प्राइम टिभीबाट प्रसारण भैरहेको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफू संवैधानिक विधि र प्रक्रियाअनुसार नै प्रधानन्यायाधीश भएको सुनाए । उनले आफू संवैधानिक विधि र प्रक्रियाबाट बहिर्गमन हुन तयार रहेको सुनाए । उनले न्यायापालिकाको प्रमुखले सडकबाट कसैले माग्दैमा राजीनामा दिन नहुने सुनाए ।

उनले आफू संविधानप्रति निष्ठा र ईमानदारिता व्यक्त गर्ने व्यक्ति भएको सुनाए । उनले आफूले न्यायापालिकालाई सुदृढ तवरले अघि बढाएको पनि दाबी गरे । आफूले न्यायापालिकालाई कमजोर बनाउन नदिने पनि उनको भनाई थियो । आफूले विभिन्न नियुक्तीमा भागबण्डा खोजेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको जिकिर गरे ।

उनले भागबण्डा खोजेको भन्ने कुरामा कुनै सत्यता नभएको भन्दै यसलाई भ्रामक कुराको संज्ञा दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा आफूले संविधानसम्मत् रुपमा भाग लिएको पनि स्पष्टपारे । उनले भने,प्रधानन्यायाधीश संवैधानिक प्रावधानको विरुद्धमा जान सक्छ ? संवैधानिक कर्तव्य, दायित्व अनुसार मैले भूमिका खेलेको छु । संवैधानिक अंगमा नियुक्त भएका मेरो कुनै मान्छे होईनन् । न्यायपालिकासँग सम्बन्धित व्यक्ति भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot