Logo

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाणलाई, जिम्मेवारी पत्र राष्ट्रपति कार्यालयमै अडकियो



काठमाडौं, कार्तिक १२ । प्रधानमन्त्री शेरबहादुर देउवा अहिले केहिबेरमा बेलायत भ्रमणमा जान लागेका छन् ।

एक साताका लागि बेलायत भ्रमणमा जान लागेका देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिएर त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

सरकारका मुख्यसचिव शंकरदास बैरागीले विहीबार साँझ नै प्रधानमन्त्री देउवाले दिएको जिम्मेवारी पत्र राष्ट्रपतिलाई पत्र बुझाएका थिए ।

तर, गृहमन्त्री खाणको सचिवालयका अनुसार उक्त पत्र भने अहिलेसम्म राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालय पुगेको छैन ।

मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाणलाई कार्यवाहकको जिम्मेवारी दिएर प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जान लागेका हु्न् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot