Logo

स्पेनिस ला लिगाः एट्लेटिको र लेभान्टेबीचको रोमान्चक खेल बराबरीमा रोकियो



काठमाडौं, १२ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको रोमान्चक खेलमा एट्लेटिको र लेभान्टे बीचको खेल २–२ गोलको बराबरीमा रोकिएको हो ।

खेलको १२औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३७औं मिनेटमा लेभान्टेले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै इनिस बार्धीले लेभान्टेलाई १–१ गोलको बराबरीमा अवस्थमा पुर्याएको थिए ।

यस्तै, खेलको ७६औं मिनेटमा माथिउस कुन्हाले गोल गर्दै एट्लेटिकोलाई २–१ को अग्रता दिलाए । खेलको ८०औं मिनेटमा एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले रातो कार्ड पाए । तर, खेलको ९०औं मिनेटमा लेभान्टेले दोस्रो पटक पाएको पेनाल्टीको मौकालाई इनिसले सदुपयोग गरे । उनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै लेभान्टेलाई २–२ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।

खेलको इन्जुरी समयमा लेभान्टे रोबरले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो । यस बराबरीसँगै एट्लेटिको १९ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने ६ अंक जोडेको लेभान्टे १९औं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot