Logo

प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाँदै



काठमाडौँ, १२ कात्तिक। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा ४ दिने भारत भ्रमण जाने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा ४ दिने भारत भ्रमण जान लागेका हुन् ।  प्रधानमन्त्ती तथा मन्त्रिपरिषद्ले बिहीबार बसेको बैठकले उनलाई स्वीकृत दिएको थियो । शर्माले आगामी नोभेम्बर ९ देखि २०२१ नोभेम्बर १२ सम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा उनलाई भारतीय गणतन्त्रका महामहिम राष्ट्रपतिले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन् । चार दिने भ्रमणका क्रममा उनले आफ्ना समकक्षी जनरल एमएम नरवणे, प्रधानसेनापति, भारतीय सेना र अन्य सेवा प्रमुखहरूसँग पनि भेट गर्नेछन्।-File Photo



प्रतिक्रिया दिनुहोस्