Logo

काँक्रेविहार गोल्डकप : पहिलो सेमिफाइनलका लागि प्रतिस्पर्धा



कर्णाली, १२ कात्तिक: वीरेन्द्रनगरमा जारी काँक्रेविहार गोल्डकपमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । आयोजक काँक्रेविहार युवा क्लबका अनुसार ३ बजेदेखि हुने खेलमा फाइनल प्रवेशका लागि सुर्खेतको पञ्चपुरी नगरपालिका र भेरीगङ्गा नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाइनल अघि समूह चरणको अन्तिम खेल पनि हुँदैछ । समूह चरणमा चिंगाड गाउँपालिका र चौकुने गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोली सेमिफाइनल पुग्नेछ । आजको विजेताले फाइनल प्रवेशका लागि वीरेन्द्रनगर नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार सिम्ता गाउँपालिकालाई २–० गोलअन्तरले हराउँदै वीरेन्द्रनगर सेमिफाइनल पुगेको थियो । सेमिफाइनल खेल्ने अन्य दुई टोलीको यसअघि टुङ्गो लागिसकेको छ ।

बिहीबार बराहताल गाउँपालिकालाई पराजित गर्दै भेरीगङ्गा नगरपालिका र बुधबार उद्घाटन खेलमा गुर्भाकोटलाई पराजित गर्दै पञ्चपुरी नगरपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । आयोजक क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले दोस्रो सेमिफाइनल शनिबार तथा अन्तिम खेल आइतबार हुने जानकारी दिए । कप विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार, ट्रफी पाउनेछन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्