काठमाडौं, १२ कात्तिक । संयुक्त राष्ट्रसंघको सभा चलिरहेको हुन्छ । त्यत्तिकैमा डायनोसर छिर्छ । सभामा रहेकाहरु आत्तिदै चिच्याउन थाल्छन् ।
डायनोसर मञ्चमा पुगेर बोल्न थाल्छ । उसले प्रजातिको लोपबारे बोल्न थाल्छ ।
डायनोसरले सुझाव दिदै लोप हुने बाटो नरोज्न भन्छ ।
यो राष्ट्रसंघले बनाएको भिडियो हो जसमा जलवायु विपत्तिको विनाशबारे भनिएको छ । विभिन्न भाषाको भर्सनमा भिडियो सार्वजनिक गरिएको छ । नेपाली भर्सनमा वरिष्ठ कलाकार निर शाहको आवाज छ ।
Here comes Nepali version of Dino film with @NirShah3 VO, who warns us: #DontChooseExtinction
It’s time to end the excuses, and start taking #ClimateAction. Learn more and join @UNDP and @FrankieTheDino.https://t.co/fV2mCLkAQp pic.twitter.com/sIC0QqRGHp
— UNDP in Nepal (@UNDPNepal) October 29, 2021