Logo

अमेरिकी राष्ट्रपति वाइडेनले यूरोप भ्रमणको सुरुमा किन पहिले पोपलाई भेटे



एजेन्सी, १२ कात्तिक । अमेरिकी राष्ट्रपति जोय वाइडेन आजबाट यूरोप यात्रामा छन् । उनी यूरोपको यात्रामा सुरुमै भ्याटिकन पुगे जहाँ इशाई धर्मगुरु पोप बस्छन् ।

वाइडेन रोमन क्याथलिक धर्मालम्बी हुन् । जोन अफ केनेडीपछि क्याथलिक धर्मालम्बी राष्ट्रपति बनेको अमेरिकामा पहिलो हो । ५८ वर्षअघि केनेडीले भ्याटिकनमा पोपलाई भेटेका थिए । त्यसपछि वाइडेन पोपलाई भेट्न भ्याटिकन पुग्ने अमेरिकी राष्ट्रपति बनेका छन् ।

पोप फ्रान्सिस भ्याटिकन चर्चका प्रमुख हुन् । वाइडेनले उनीसँग ९० मिनेट भेटेका छन् । उपहारका रुपमा सैनिक सिक्का दिएका छन् । वाइडेनले पोपसँग हाँसीठट्टा समेत गरेका थिए ।

पोपसँगको भेटमा वाइडेनले आफूसँग गएका टोलीका उच्च अधिकारीहरुलाई पोपसँग परिचय गराएका थिए । पोपले सबैसँग हातेमालो गरेका थिए ।

पोपलाई भेट्दा स्वतन्त्र पत्रकारलाई प्रवेश निषेध गरिएको थियो । प्रत्यक्ष भिडियो र तस्बिर पनि निषेध गरिएको थियो । भेटको भिडियो र तस्बिर पछि मात्र सार्वजनिक गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्