Logo

एमालेले महाधिवेशन प्रतिनिधि बढाएर १९९९ पुर्यायो



काठमाडौं, १२ कात्तिक । नेकपा एमालेले १०औं महाधिवेशनमा प्रतिनिधि संख्या बढाएर १९९९ पुर्याएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले उक्त संख्या बनाएको हो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशन प्रतिनिधिको संख्याबारे जानकारी दिएका थिए । यसअघि बिहिबार बसेको स्थायी कमिटी बैठकले १५३६ प्रतिनिधि संख्या बनाउने निर्णय गरेको थियो ।

एमालेले क्षेत्र, वर्गीय संगठन र मनोनित प्रतिनिधिहरु गरी १९९९ बनाएको हो । २७ कात्तिकमा एमालेले प्रतिनिधि चयनको निर्वाचन गर्दैछ । एमालेको महाधिवेशन मंसिरमा चितवनमा हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्