Logo

भीम रावल र घनश्याम भुसालले अध्यक्षमा लडे आपत्ति हुँदैन्, यो स्वागतयोग्य कुरा हो : गोकुल बाँस्कोटा (भिडिओसहित)



काठमाडौं, १२ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पार्टीको आगामी १०औं महाधिवेशनमा भीम रावल र घनश्याम भुषाल अध्यक्षमा उठे आफूहरुलाई आपत्ति नहुने बताएका छन् । बरु, यसलाई आफूहरुले स्वागत नै गर्ने उनको भनाई छ ।

उनले एमालेमा अब समूह नै नरहेको दाबी गरे । अब व्यक्ति व्यक्तिबीच प्रतिष्पर्धा हुने र समूह नै नभएको उनको जिकिर छ । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब आफूहरु जबजको सिद्धान्तअनुसार काम गर्ने पनि बताए । माधव नेपालले एमाले सिद्दियो भनेर दिएको अभिव्यक्तिमा तथ्यगत सत्यता नभएको पनि बाँस्कोटाले टिप्पणी गरे ।

उनले भने-“त्यो एउटा उहाँले भन्नुभयो होला, भन्न पाईने भयो, माधव नेपालको पार्टीले एक्लै कुनै ठाउँमा उठेर फलानो ठाउँमा जितियो भनेर देखाओस न आम निर्वाचनमा । आगामी निर्वाचनमा पहिलो पार्टी त एमाले हुन्छ वा कांग्रेस हुन्छ ।” उनले आफूले प्रचण्ड र माधव नेपाल दुवैको रोदन सुनेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot