Logo

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो



काठमाडौं, १२ कार्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

यो मूल्यवृद्धिसँगै अब पेट्रोलको मूल्य १३३ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ । त्यस्तै, निगमले हवाइ इन्धनको मूल्य पनि प्रतिलिटर १० रुपैयाँ बढाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्