काठमाडौं, १३ कात्तिक । अफगानिस्तानका लेग स्पिनर राशिद खानले आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । हिजो (शुक्रबार) राती दुवई अन्तराष्ट्रिय स्टेडियमा भएको पाकिस्तानसँगको खेलमा राशिदले टि–२० खेलमा सर्वाधिक छिटो १ सय विकेट लिने बलरको रेकर्ड बनाएका हुन् ।
श्रीलंका लासिथ मलिङ्गाको ७६ खेलको कीर्तिमानलाई तोड्दै राशिदले ५३ इनिङमा १ सय विकेट पूरा गरेका छन् । विश्वकप क्रिकेटमा हिजो भएको खेलमा अफगानिस्तानले पाकिस्तानसँग ५ विकेटको हार व्यहोरेको थियो ।-Photo: Agency