Logo

प्रचण्ड र माधव नेपालको रोदन दिनदिनै सुनेको छु, एक ठाउँबाट चुनाव जितेर देखाए हुन्छ : गोकुल बाँस्कोटा (भिडिओसहित)



काठमाडौं, १३ कार्तिक । नेकपा (एमाले)का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एमालेमा अब समूह सिद्दिएको टिप्पणी गरेका छन् । उनले माधव नेपालले एमालेलाई आगामी निर्वाचनमा टर्च बालेर खोज्नुपर्छ भनेर दिएको अभिव्यक्तिमा तथ्यगत सत्यता नभएको जिकिर गरेका छन् ।

उनले भने,‘माधव नेपालले त्यो एउटा भन्नुहोला, भन्न पाईन्छ। तर, यथार्थ चाहीँ के हो भने ठीक उल्टो बनाईदिनुहोस न । माधव नेपालको पार्टीले एक्लै त्यो पार्टी उठेर एक ठाउँमा मैले फलानो उम्मेद्धवार जिताएँ भनेर देखाओस न । आम निर्वाचनमा हामी हेर्छौं ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

आगामी निर्वाचनमा पहिलो पार्टी हुन्छौं भनेर माधव नेपालले भन्नु र हुटीट्याउँले सगर थाम्छु भन्नु एउटै भएको पनि बाँस्कोटाको टिप्पणी छ । उनले भने,‘यो बेकारको कुरा हो । माधव नेपालको पार्टी चाहीँ पहिलो पार्टी हुन्छ र ? पहिलो पार्टी निश्चित् रुपमा नेकपा एमाले हुन्छ वा नेपाली कांग्रेस हुन्छ। कम्पिटिशन त हामी एमाले र कांग्रेसबीच हुन्छ ।’

बाँस्कोटाले आफूले प्रचण्ड र माधव नेपाल दुवै जनाको रोदन दिनदिनै सुनेको पनि सुनाए । उनले दुवै नेतालाई कसैसँग गठबन्धन नगरी चुनाव जितेर देखाउनसमेत सार्वजनिक रुपमा चूनौति दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्