Logo

पाँच दलीय गठबन्धनमा समस्या छैन, न्यायालयको समस्या समाधानबारे साझा धारणा बनाउँछौं : प्रचण्ड



काठमाडौं, १३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धन स्मुथ्ली चलिरहेको र कुनै समस्या नआएको बताएका छन् । आज जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन् । पाँच दलबीच गठबन्धनलाई असर तुल्याउने कुनै गतिविधि वा काम नभएको पनि जिकिर गरेका छन् ।

अध्यक्ष दाहालले न्यायालयमा देखिएको समस्याबारे गठबन्धनका शीर्ष नेताहरुबीच साझा धारणा बनाउने पनि विश्वास दिलाए । पछिल्लो समय प्रधानन्यायाीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एशोसिएशनले पनि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छ । न्यायाधीशहरुले पनि इजलास बहिष्कार गरिरहेका छन्।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot