Logo

आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको माधव नेपालको दाबी



काठमाडौं, १३ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म देशव्यापी रुपमा जनलहर देखिएको बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै, अध्यक्ष नेपालले अहिलेको पाँच दलीय गठबन्धन कुनैपनि हालतमा नटुट्ने बताएका छन् । उनले भने,‘हाम्रो पाँच दलको गठबन्धन टुट्दैन, यो कुनै काँचो धागोले बाँधेको गठबन्धन होईन । यो धेरै मजबुद छ ।’ त्यस्तै, उनले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई महाभियोग लगाउने विषयमा कुनै छलफल नगरेको स्पष्ट पारेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्