Logo

अदालतमा देखिएका समस्याबारे सत्ता गठबन्धनले छिट्टै धारणा सार्वजनिक गर्छ : प्रचण्ड



काठमाडौँ, १३ कात्तिक। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताएका छन् । आज (शनिबार) जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरु संग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाइ भएको पनि स्पष्ट पारे । आज (शनिबार) जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरुले दृष्टिकोण बाहिर ल्याउने समेत बताए । अध्यक्ष दाहालले गठबन्धन दलभित्र कुनै विवाद नरहेको दावीसमेत गरे।

‘गठबन्धन ठिक ढंगले अगाडि बढ्दैछ । तपाईंहरुले पनि देखि राख्नु भएको छ । अब सरकारले पूर्णता पाइसकेपछि कामहरुले पनि विस्तारै गति लिन थाल्दैछ’ उहाँले भन्नुभयो, ‘काठमाण्डौमा अहिले नेताहरु कोही कता, कोही कता भएको हुनाले हामीले बैठक बस्न १/२ दिन ढिला भएको छ । बैठक बस्ने बित्तिकै हामी आफ्नो धारणा बाहिर ल्याउँछौँ ।’



प्रतिक्रिया दिनुहोस्