काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा उद्दारको पखाईमा रहेका ३३ जना नेपाली शनिबार काठमाडौं आइपुगेका छन् । काबुलबाट इरानको राजधानी तेहरान हुँदै उनीहरुलाई नेपाल एयरलाइन्स र फ्लाइ दुबईका दुईवटा बिमानबाट काठमाडौंमा आइपुगेको जनाइएको छ । शनिबार बिहान ८ बजे फ्लाइ दुबईले ३ जना र १० बजे नेपाल एयरलाइन्सले ३० जना नेपालीलाई ल्याएका थिए ।
अफगानिस्तामा तालिवानले सत्ता नियन्त्रणमा लिएपछि नेपाल लगायतका मुलुकले आफ्ना नागरिकलाई उद्दार थालेका थिए । उद्दारको खर्च नेपाल सरकार आफैँले व्यहोर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।-Photo Source: DrishtiNews