Logo

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग



काठमाडौं, १३ कार्तिक । विभिन्न छ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा शुक्रबार गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धिले आमनेपालीको जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन् ।

दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त विज्ञप्तिमा निगमभित्रको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलिया पदार्थ उपलब्ध गराउन विभिन्न उपायको खोजी गर्नेतर्फ लाग्न अनुरोध गरिएको छ । अन्तरराष्ट्रिय बजारको मूल्य समायोजनको हवाला दिँदै गरिएको मूल्यवृद्धि फिर्ता लिन उनीहरुले माग गरेका छन् ।

यसरी माग गर्नेमा अखिल(क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल९छैटौँ० का अध्यक्ष देवेन्द्र कुँवर, अखिल ९क्रान्तिकारी०का अध्यक्ष प्रकाश शाही र अखिल (क्रान्तिकारी)  का अध्यक्ष हरिकृष्ण गजुरेल छन् ।



प्रतिक्रिया दिनुहोस्