Logo

हनुमानढोका दरबार क्षेत्र २९ सम्पदाको पुनर्निर्माण



काठमाडौं, कात्तिक १४। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका भूकम्पबाट क्षतिग्रस्त २९ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएका सम्पदामध्ये अहिले २३ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले हनुमानढोका दरबार क्षेत्रका सम्पदाको ८० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भइसकेको जानकारीसमेत दिए । उनले भने, ‘‘हामी जतिसक्दो छिटो वसन्तपुर दरबार क्षेत्रलाई टेकोमुक्त र सम्पदा ठडिएको बनाउन चाहन्छौँ, जुन छिट्टै सार्थक हुँदै छ ।’’

‘‘हनुमानढोका दरबार क्षेत्रका सम्पदामध्ये क्षतिग्रस्त २१ वटाको काम अहिलेसम्म सुरु नै भएका छैनन् भने १८ वटाको पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छैन ।’’ उहाँका अनुसार हनुमानढोका दरबार क्षेत्रमा प्रमुख ६९ र त्यसका चोक, आँगन र बहाल २२ वटा गरी कुल ९१ वटा सम्पदा रहेका छन् ।

एक–अर्कासँग अन्तरसम्बन्धित (इन्टररिलेटेड) भएका कारणले अहिले बनिरहेका सम्पदाको काम नसकी अरू सम्पदाको काम गर्न नमिल्ने भएकाले २१ सम्पदाको काम अझै सुरु हुन नसकेको उनको भनाई रहेको छ। खनालले भने, ‘‘जसरी माजुदेगः अगाडि कामदेवको मन्दिर छ, माजुदेगःको पुनर्निर्माण सम्पन्न नगरी कामदेव मन्दिरको काम सुरु गर्न मिल्दैन । एक–अर्कासँग अन्तरसम्बन्धित यस्ता धेरै सम्पदा छन् ।’’

अबको तीन वर्षभित्र दरबार क्षेत्रका सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित काम द्रुत गतिमा भइरहेको बताउँदै उनले भने, ‘‘ठूला सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ वा सम्पन्न हुने क्रममा छन् । बाँकी रहेका सम्पदा साना र सहायक छन्, जुन पुनर्निर्माण गर्न धेरै समय लाग्दैन ।’’

आवश्यक काठ अभावमा पनि अपेक्षित रूपमा पुनर्निर्माणको काम अगाडि बढ्न नसकेको उनले स्पष्ट पारे । ‘सम्पदा पुनर्निर्माणमा नेपाली सालको काठमात्र प्रयोग गरिएको छ । यहाँ पुनर्निर्माणको क्रममा प्रायः १३ फिटभन्दा लामो सालको काठ आवश्यक पर्छ, जुन हतपति उपलब्ध हुँदैन । बजारमा प्रायः १०÷१२ फिटसम्म लम्बाइ भएका सालका काठ सजिलै पाइन्छ ।’

अहिले हनुमानढोका विकास समितिबाट गद्दी बैठक र नौतले भवनको बीचमा रहेको राणाकालीन सेतो भवन, फरासखाना (भण्डारगृह), पृथ्वीनारायण शाहको शयनकक्ष, जैशीदेवल र दस अवतार मन्दिर निर्माण भइरहेको उनले जनाए । त्यसैगरी, जापानी सहयोग नियोग २९ सम्पदाको (जाइका)को अनुदान सहयोगमा आगम्छे घर पुनर्निर्माण भइरहेको छ भने जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot