Logo

उपत्यकामै बन्यो साइकल र पदमार्ग



काठमाडौं, कात्तिक १४। मातातीर्थ कुण्ड पदमार्ग एवं साइकलमार्गको निर्माण पूरा भएको छ । २.५ किलोमिटर पदमार्ग र ६.४ किलोमिटर साइकलमार्ग बनेको हो ।

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सघीय कार्यक्रम (यूएनडीपी र ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालको सहकार्यमा ३२ लाख ९२ हजारमा साइकल मार्ग पूरा भएको जनाएको छ । जीविकोपार्जन, पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत ३ सय २४ जना पर्यटन कामदारले सो तयार गरेका हुन् ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ मा अवस्थित सो पदमार्ग र साइकलमार्गले आन्तरिक तथा बाह्य पर्यटकलाई ट्रेकिङको उत्कृष्ट गन्तव्यको रुपमा विकास हुने बोर्डका सिनियर म्यानेजनर सुनिल शर्माले बताए । कोभिड–१९ का कारण रोजगारी गुमाएका पर्यटक मजदुरलाई काम दिने सम्भावित पर्यटकीय गन्तव्यलाई परिस्कृत गर्ने लक्ष्यका साथ यूएनडीपी र नेपाल पर्यटन बोर्डले स्थानीय तहसँगको सहकार्यमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत सो गन्तव्य निर्माण भएको परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडीले बताए ।

पर्यटन क्षेत्रमा संलग्न जनशक्तीहरुलाई रोजगारी तथा आम्दानीको श्रोतहरु गुमेको अवस्थामा राहत होस् भन्ने हेतुले अल्पकालीन रोजगारी तथा आय आर्जनको अवसरहरु सिर्जना गर्ने गरी जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजन सञ्चालनमा ल्याएको आजको कारोबार राष्ट्रिय दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्