काठमाडौं, १४ कात्तिक । गरिमा विकास बैंक र साहारा विकास बैंक लिमिटेडको एकिकृत कारोबार कात्तिक २८ गतेदेखि सुरु हुने भएको छ । गरिमा विकास बैंकले भदौ १५ र साहारा विकास बैंकको भदौ १२ गते बसेको साधारण सभा मार्फत दुवै कम्पनीेले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रार कार्यालयले कात्तिक ११ गते प्राप्तीको लागि अन्तिम स्वीस्कृती दिएसँगै दुवै कम्पनीले एकिकृत कारोबार गर्न लागेका हुन् । अब दुई कम्पनीको एकीकृत कारोबार गरिमा विकास बैंक लिमिटेडको नामबाट शुरु गर्न लागेका हुन् ।