Logo

युगान्डाका विद्यालय दुई वर्षपछि पुन: सञ्चालन हुने



एजेन्सी, १४ कात्तिक : युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले देशका विद्यालयहरु पुन: सञ्चालन हुने बताएका छन्। विश्व कोभिड महामारीसँगै बन्द भएका विद्यालय झन्डै दुई वर्षपछि पुन: सञ्चालन हुने बताएका हुन्।

युगान्डाका विद्यालय सन् २०२० मार्चदेखि बन्द भएका थिए। कोभिड महामारीका कारण बन्द भएका विद्यालय सन् २०२२ जनवरी पहिलो सातादेखि खुल्ने भएका हुन्।

‘कोभिडविरुद्धको खोप लगाइसकेपछि विद्यालय खोल्ने निर्णय भएको छ’, राष्ट्रपति मुसेभेनीले भनेका छन्, ‘जनवरीसम्म देशभरका विद्यार्थी र अन्य जनता गरी ५० प्रतिशतलाई खोप उपब्ध गराउने लक्ष्य राखिएको छ।’

युगान्डाको जनसंख्या करिब ४ करोड ५० लाख रहेको छ। हाल देशभर करिब ४ लाख ७० हजार मानिसले कोभिडविरुद्धको खोप लगाइसकेको बताइएको छ। आगामी जनवरीसम्म करिब २ करोड ३० लाख मानिसलाई खोप लगाउने लक्ष्य राखेको बताइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्