Logo

माल्दिभ्स सरकारले दिएको खोप नेपाल आईपुग्दै



काठमाडौं, १४ कात्तिक । माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख एक हजार ६ सय डोज खोप आज (आइतबार) नेपाल ल्याइने भएको छ ।

माल्दिभ्सले नेपाललाई एष्ट्राजेनेका खोप सहयोग गरेको हो । खोप आज बेलुका ८ बजे कतार एयरलाइन्सको नियमित उडानमार्फत नेपाल आइपुग्ने जनाइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्