काठमाडौं, १४ कात्तिक । मुक्तिनाथ विकास बैंकले १८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ९२५ प्रतिशत नगद लाभांश गरेर कुल १८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ ।
बैंकको कात्तिक १२ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।