Logo

बलिउड फिल्म ‘उचाइँ’ को २५ दिनमै सकियो छायांकन



काठमाडौं, १४ कात्तिक । बलिउड फिल्म ‘उचाइँ’को नेपालमा छायांकन सकिएको छ । ४० दिनको सेड्युलसहित नेपाल आएका कलाकारको टोलीले मौसमले राम्रो साथ दिएकोले २५ दिनमै नेपालमा छायांकन प्याकअप गरेका हुन् ।

बुधबार नै मनाङबाट कलाकारको टोली छायांकन सकेर कलाकार र प्राविधिकको टोली काठमाडौं आइसकेको छ । भारतबाट १२५ जनाको कलाकाहरुको टोलीसहित निर्देशक सुरज बडजात्या नेपाल आएका थिए ।

अनुपम खेर, बोमन इरानी परिणिती चोपडा, सारिका हसन लगायतका कलाकारहरु नेपाल आएका थिए । फिल्ममा परिमता राणासहित केही नेपाली कलाकारहरुले पनि अभिनय गर्ने अवसर पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot