Logo

टोटनहममाथि म्यानचेस्टरको जित



एजेन्सी, १४ कात्तिक। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले शनिबार राति टोटनहममाथि ३–० को फराकिलो जित निकालेको छ । म्यानचेस्टरका लागि क्रिस्टियानो रोनाल्डो, एडिसन कभानी र मार्कस रसफोर्डले गोल गरेका थिए । आफ्नो घरेलु मैदानमा बेहोरेको यो हारपछि टोटनहम र यसका व्यवस्थापक नुनो सान्टो दबाबमा आएका छन् ।

यो जितपछि म्यानचेस्टरको १७ अंक भएको छ र पाँचौं स्थानमा उक्लेको छ । यसअघि शीर्ष स्थानमा रहेको चेल्सीले न्युकासल युनाइटेडलाई ३–० ले हराएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot