काठमाडौं, १४ कात्तिक । कानुन व्यवसायीहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा विभाजित भएका छन् । उनीहरुले सर्वोच्च अदालत परिसरमा कालो र सेतो छुट्टाछुट्टै पट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।
बारको पदाधिकारीसहित कानुन व्यवसायीहरु कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा देखिएका थिए । उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका छन् ।
कानुन व्यवसायीहरुको अर्को समूहले भने सेतो पट्टी बाँधेर प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गरेको छ । स्वागत नेपालसहितका कानुन व्यवसायीहरु जबराको पक्षमा उभिएका हुन् ।