काठमाडौं, १४ कार्तिक । नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । बारले आजबाट सुरु गरेको आन्दोलनमा सरिक हुने क्रममा थापाले यस्तो बताएका हुन् ।
उनले बारको विरुद्धमा वा प्रतिकारमा अरु कानून व्यवसायीहरुले गरेको आन्दोलनमा असहमती जनाएका छन् । न्यायालयमा अहिले दुषित प्रक्रिया विद्यमान रहेको उनको भनाई छ । न्यायालयको संरक्षण गर्ने भनेको बारले भएको उनको भनाई छ । उनले भने,‘बारले नै राजीनामा मागिएको छ, तपाईँ राजीनामा नदिने को हो ?’