Logo

४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



कञ्चनपुर, १४ कात्तिक। ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका-१६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्